एसबिआई बैंक लुटपाटमा संलग्न थप एक जना प्रहरीको फन्दामा 


काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका– २ हायुटारमा रहेको नेपाल एसबिआई बैंक घ्याङलेख शाखा लुटपाटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुलीका ज्ञान बहादुर भ्लोन तामाङ रहेका छन्। उनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका– ७ लप्सीबाट पक्राउ गरिएको हो।

उनलाई अन्य प्रतिवादीहरूकै नाममा म्यादमा मिलान म्याद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।