काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.२३ अंकले बढेसँगै ३ कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन्। जसमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।
यस्तै, कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका छन्। यससँगै आज कालीका पावर कम्पनीका लगाीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ता ले आज ६.३५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सानीमा ग्रोथ फन्डको २.८०, फस्ट माइक्रो फाइनान्स लघुवित्तका लगानीकर्ताले २.२६ प्रतिशतका दरले गुमाएका छन्।
आज आँखु खोला जलविद्युत कम्पनीको सबभन्दा बढी शेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, मन्जीश्री फाइनान्सको ३५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया