काठमाडौं – कैलालीको धनगढी– १३ झलारीगाँउबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन्। प्रहरीले सोही ठाउँ बस्ने ४२ वर्षीय रामचरण चौधरी समेत ११ जनालाई २ लाख ५ सय नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ६ गड्डी तास र ११ थान मोबाइल बरामद गरिएको छ। उनीहरूलाई प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया