चोरी मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं –  चोरी मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरका ३० वर्षीय मनोज सिंह कुवर रहेका छन्।

उनलाई जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद र दुई हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ। 

कुवरलाई इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले बताएको छ।