चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८१ अर्ब राजश्व संकलन


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। अर्थमन्त्रालयका अनुसार जुन पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो।

पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ।

त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थ मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो।