बैंकिङ्ग कसुरका चार वटा मुद्दामा २ करोड ६६ लाख फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुरका चार वटा मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसेका श्री तामाङ रहेका छन्।

बैंकिङ्ग कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा जितपुरबाट पक्राउ गरिएको छ।

उनको जिल्ला प्रहरी परिसर भक्तपुरमा तीन वटा,जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा एउटा बैंकिङ्ग कसूरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

उनको बैंकिङ्ग कसूरमा मुद्दामा दुई करोड ६६ लाख बिगो रहेको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागिजिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनएको छ।