काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १.५२ अंकले बढेर २६ सय ४१ दशमलव ४३ को विन्दुमा कायम भएको छ। आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यूनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन। आज यस कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, आज सबैभन्दा बढी गुमाउँनेमा ९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ का लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ३.३० प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया