काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट कैद तथा जरिवाना सजाय ताेकिएकाे तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अमोल दर्नाल, रजेन्द्र ढकाल र हरी कृष्ण खत्री रहेका छन्।
पक्राउ परेकामध्ये दर्नाललाई ३९ लाख ४४ हजार, ढकाललाई ३ हजार र खत्रीलाई ५ लाख जरिवाना ताकिएको प्रहरीले जनाएको छ। साथै, खत्रीलाई ७ दिन कैद पनि तोकिएको थियो।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको पक्राउ गरी आवश्यक कारबाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाइएको प्रहरीले बताएको छ।





About Us
प्रतिक्रिया