भन्सार छलीको २७ लाख ८५ हजार रुपैयाँ बराबरको युरिया मल बरामद


काठमाडौं – काठमाडौंको बालाजु पुल नजिकबाट भन्सार छलिका सामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

काठमाडौं जिल्ला प्रहरी प्ररिसरबाट खटिएका प्रहरीका टोलीले  रौतहटको वृन्दावनका राज कुमार महतोले चलाएको ना ६ ख ७०११ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। 

ट्रकलाई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरीभित्र पट्टी लुकाई छिपाई राखेको अवस्थामा ४०० बोरा युरिया मल (४०० बोरामा प्रति बोरा ४५ किलो) फेला परेको र ६० बोरा मकै (६० बोरामा प्रति बोरा ५० किलो) बरामद गरेको प्रहरीले जनाएको छ। 

२७ लाख ८५ हजार रुपैयाँ बराबरको सामान बरामद गरी मालवाहक ट्रक तथा चालकसहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ।