काठमाडौं – स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँसहित सर्लाहीबाट २ जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका–७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय सञ्जय साह रहेका छन्।
उनीहरू मलंगवा नगरपालिका–९ निमगासीस्थित सडकबाट पक्राउ परेका हुन्। प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया