आज शेयर बजार बन्द


काठमाडौं – आज पुस २७ गते शेयर बजार बन्द रहने  भएको छ। पुस २७ गते अर्थात् आइतबार राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा भएकाले शेयर बजार पनि बन्द रहने भएको हो। 

गत साता अर्थात् बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.५९ अंकले बढेर बजार २६ सय ४० दशमलव ४० को बिन्दुमा बन्द भएको थियो। अब सोमबार अर्थात् भोलीदेखि शेयर कारोबार खुल्नेछ।