भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ  


काठमाडौं – भ्रष्टाचार मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीका जोशीपुर गाउँपालिका –७ बस्ने ४५ वर्षीय  रामचन्द्र ओझा रहेका छन्। 

उनलाई भ्रष्टाचार मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र  १० हजार जरिवाना तोकिएको थियो। उनलाई पक्राउ गरी थप  जिल्ला अदालत कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।