ब्याज तिर्न नसकेपछि ऋणीले एनआईसी एशियाकाे इटहरीस्थित शाखाभित्रै गरे आत्मदाह प्रयास


काठमाडौं – एनआईसी एशिया बैंकका एक ऋणीले बैंकभित्रै आत्मदाह प्रयास गरेका छन्। सुनसरीको इटहरीस्थित शाखामा ऋणी लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका हुन्।

पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीमा लगेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ। बैंकका कर्मचारीलाई पनि सोधपुछका लागि बोलाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले बैंकबाट १ करोड ऋण लिएको र विगत ५ सात महिनादेखि ब्याज नतिरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले बैंकिङ्ग समाचारलाई बताए।

उनले ब्याज नतिरेकाे कारण बैंकमा बोलाइएको थियो। बैंकमा जाने क्रममा उनले साथमा पेट्रोल लिएर गएको खड्काले बताए। साथै, उनले आफूले लगेको पेट्रोल बैंकका कर्मचारी र आफूमाथि छर्कीए। यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।