सुनको मूल्यमा भारी वृद्धि, तोलामा ४६ सय रुपैयाँले बढ्दा कति पुग्यो ?


काठमाडाैं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय रुपैयाँमा कारोबार भएको थियो।