रुपन्देहीमा करिब ८ लाख रुपैयाँकाे अवैध सामान बरामद


रुपन्देही – जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब ८ लाख रुपैयाँबराबरका अवैध सामान बरामद गरेको छ। 

यही १९ र २० पुसमा जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी ८ लाख ७१ हजार रुपैयाँबराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध सामान, ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।