१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ


पर्सा – पर्साबाट १० लाख रुपैयाँभन्दा बढी हुन्डीको रकमसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका-४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेका छन्।

पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो। 

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।