काठमाडौं – काभ्रेको धुलिखेलबाट ११ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका–५ खड्पुस्थित चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको उनीहरूलाई पक्राउ गरेकाे हाे।
प्रहरीले उनीहरूकाे साथबाट ४० हजार ३ सय ९० रुपैयाँ नगद र १ बुक तास बरामद गरेकाे छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।



About Us
प्रतिक्रिया