बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम पञ्चदेव विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय अर्जुन बहादुर शाही रहेका छन्।

काठमाडौं रानीपोखरी बस्ने २६ वर्षीय शाही बैंकिङ्ग कसूरका साथै ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।