काठमाडौं – वैदेशिक रोजगारीको लागि अष्ट्रिया र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पाचँथरका पूर्ण बहादुर तुम्ब्रोक र ललितपुर राज कुमार खड्कालाई १२ लाख लाख ठगी गरेको आरोपमा पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा तुम्ब्रोकले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जनासँग ४ लाख र खड्काले स्पेन पठाइदिन्छु भन्दै ८ लाख ५० हजार ठगी गरेको प्रवक्ता काजी कुमार आर्चायले बताएका छन्।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया