काठमाडौं – काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका– ८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका– ४, साँखुमा बसोबास गर्दै आएका सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका– २ घर भएका ३२ वर्षीय दावा नोर्बु शेर्पासमेत रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया