११ लाखको बैंकिङ्ग कसुर मुद्दामा जेनजी अगुवा अर्जुन शाही फेरी पक्राउ


काठमाडौं – जेनजी अगुवा अर्जुन शाही फेरी पक्राउ परेका छन्। उनीलाई बैंकिङ्ग कसुर र ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन्। उनका अनुसार शाहीलाई ११लाख को बैंकिङ्ग कसुर र ८ तोला सुन लिएर फिर्ता नदिएको आरोप पक्राउ गरिएको हो। 

यसअघि पनि उनी विभिन्न आपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। पछिल्लो पटक उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ  गरेको थियो। तर,पछि उनी धरौटीमा रिहा भएका थिए।

२०८२ वैशाख ३० गते उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो। त्यसयता ठकुरी फरार रहेका थिए। तर,जेनजी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर कार्यालय प्रमुखहरूलाई थर्काउने र कानुन कार्यान्वयन कर्ता नै आफू भएको जसरी प्रस्तुत भएका थिए। 

ठकुरीविरुद्ध बैंकिङ्ग कसुर र वैदेशिक रोजगार विभागमा मुद्दा चलेको थियो। श्रीकृष्ण फुयालले शाहीविरुद्ध बैंकिङ्ग कसुरमा प्रहरीमा उजुरी हालेका थिए। जेनजीको प्रर्दशनभन्दा केही समय अगाडि मात्र उनी हिरासतमुक्त भएका थिए।

गत वैशाख ३० गते प्रहरी वृत्त महाराजगञ्जले शाही लगायतलाई उपस्थित गराउन वैदेशिक रोजगार विभागलाई पत्र काटेको थियो। विभागबाट छुट्ने अवस्था देखिएमा वृत्तमा उपस्थित गराउन भनिएको थियो। शाहीलाई वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले पक्राउ गरेको थियो।