चेक अनादर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका ४६ वर्षीय फुल बहादुर भोज   र राजकुमार श्रेष्ठ रहेका छन्।  

जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पश्चात् फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार चेक अनादर मुद्दामा भोज र श्रेष्ठलाई ३–३ हजार जरिवाना तोकिएको थियो। भोज र श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडा तथा सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।