प्रहरी बनेर ठगी गर्ने दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय आकाश भन्ने नानि बाबु लामा र दोलखाका प्रकाश तामाङ रहेका छन्। 

उनीहरूले काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्युरोबाट खटिएका प्रहरी हौँ भनी पसलको खानतलासी गरी तपाईँले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाईँलाई नियन्त्रणमा लिन्छौँ भन्दै डर त्रास देखाई रकम असुली गर्ने गरेको प्रहरीले जनाएको छ। 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधी पसलबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।