काठमाडौं – वैदेशिक रोजगारीको लागि युएई पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भई काठामाडौंको टोखा बस्ने ३९ वर्षिय सुनिल थापा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले प्रकाउ गरेको हो । उनलाई थप अनुसन्धानका लागी वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया