अभियान लघुवित्तको १४ हजार बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि १४ हजार बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १४ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थाले शेयर खरिदका लागि पहिलो प्राथामिता संस्थाको संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुकले संस्थाको केन्द्रीय कार्यालय पनौती ४ वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल काठमाडौं १, नाग पोखरी नक्सालमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।