काठमाडौं – शेयर कारोबारी दीपेन्द्र अग्रवाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे थुनाबाट रिहा भएका छन्। सीआईबीका अनुसार उनी काठमाडौं जिल्ला अदालतले ताेकेकाे ४९ लाख १९ हजार ८ सय ६५.९० पैसा धरौटी रकम बुझाएर थुनामुक्त भएका हुन्।
उनलाई सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिने कसुरमा उनी पक्राउ गरेकाे थियाे।
उनीमाथि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप लागेको थियो।
यसअघि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए। त्यसबेला ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेका थिए।





About Us
प्रतिक्रिया