नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण: प्रहरी महानिरीक्षक कार्की


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौंको बसन्तपुरमा आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्त्वपूर्ण हुने बताएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा भदौ २३ र २४ गतेको ‘नव पुस्ताको आन्दोलन’पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय– प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, विपद् उद्धार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम–नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो। 

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दूतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुनर्निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरे।