काठमाडौं – वैदेशिक रोजगारीको लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।
उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै १० लाख ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया