काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका चार वटा मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम घर भई हाल काठमाडौं बस्ने ३० सन्तोष कुमार साह रहेका छन् ।
झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी भएका उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यलयबाट खटिएका प्रहरीका टोलीले काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनको प्रहरी कार्यालय महोत्तरीमा बैंकिङ्ग कसुर मुद्दामा १ करोड ५२ लाख बिगो, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा बैंकिङ्ग कसुर मुद्दामा २० लाख बिगो,जिल्ला प्रहरी कार्यालय धनुषामा बैंकिङ्ग कसुर मुद्दामा ८ लाख बिगो र जिल्ला प्रहरी कार्यालय झापामा बैंकिङ्ग कसुर मुद्दामा ३० लाख बिगो रहेको खुल्न आएको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया