सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्याे


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्यतोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४४ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।