क्यासिनोमा अनधिकृत रूपमा प्रवेश गरी जुवा खेल्ने १७ जना पक्राउ


काठमाडौं –  क्यासिनोमा अनधिकृत रूपमा प्रवेश गरी जुवा खेलेको आरोपमा मोरङ प्रहरीले १७ जना नेपालीलाई पक्राउ गरेको छ। 

मोरङको  विराटनगर महानगरपालिका–११ स्थित रत्ना होटल र बिग होटलका क्यासिनोमा नेपालीहरूले क्यासिनो आइडी नलिई जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। चेकजाँचका क्रममा रत्ना होटलको गोल्डेन कोईन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ३ जना पक्राउ परेका छन् । 

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत कसुरमा ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।