राष्ट्रपतिसँग बिदाइ भेट


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे।