इन्फिनिटी लघुवित्तले लाभांश घोषणा नगर्ने


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। संस्थाले सोही अनुसारको आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय बैठकले गरेको छ।