काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ घर भई ललितपुर बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्।
उनले अमेरिका पठाइदिन्छु भन्दै २ लाख ५५ हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं महानगरपालिका– ११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया