काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १९.९२ अंकको गिरावट देखिएसँगै बजार २६ सयबाट घटेर २५ सय ९५ दशमलव १० को बिन्दुमा बन्द भएको हो।
आज ३४५ कम्पनीले ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार गर्दा १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेसँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज स्वस्तिक लघुवित्तको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बाराही हाइड्रोपावर पब्लिकको ११ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी एसवाई प्यानल नेपालका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया