काठमाडौं – बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन्। पक्राउ परेको केही दिनमै स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल पुगेका हुन्।
शेरचनलाई मंसिर १४ बैंकिङ्ग कसुरसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको थियो। तर, हिरासतमा बसेको केही दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिएकाले अस्पतालमा भर्ना भएका सीआईबी प्रमुख मनोज कुमार केसी बताउँछन्।
यसअघि पनि प्रभु बैंककै तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन बैंकिङ्ग कसुरकै मुद्दामा पक्राउ परेका थिए। उनी पनि पक्राउ परेको केही दिनमै बिरामी परेपछि अस्पताल भर्ना भएका थिए र पछि थुनामुक्त भएका थिए। त्यसैले गर्दा सर्वसाधारणले उनी पनि अस्पतालमा भर्ना पछि थुना मुक्त हुने हुनकी भने शंका व्यक्त गरिरहेका छन्।





About Us
प्रतिक्रिया