उच्च बिन्दुबाट ओर्लियो सुनको मूल्य, १७ सय रुपैयाँले घट्दा कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।