काठमाडौं – वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंको टोखा बस्ने ४३ वर्षीय खडानन्द लामिछाने रहेका छन्।
उनले कोरिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया