काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने भएकाे छ। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा वितरण गरिने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया