स्रोत नखुलेको नगद ११ लाख ४७ हजारसहित एक जना पक्राउ


काठमाडौं – रौतहटको मौलापुर नगरपालिका– ३ बाट स्रोत नखुलेको नगद ११ लाख ४७ हजार रुपैयाँसहित बारा सिम्रौनगढ नगरपालिका– ११ भवानीपुर बस्ने ३६ वर्षीय मुन्ना प्रसाद जैसवाललाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म।प्र–०३–०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।