कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको १० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश विद्युत् नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।