काठमाडौं – यो साता सुनको मूल्यमा ४४ सय रुपैयाँको वृद्धि देखिएको छ। सोमबार, बुधबार, बिहीबार र शुक्रबार लगातार बढ्दा सो रकम बराबरको वृद्धि देखिएको हो। यस्तै, यो साता आइतबार र मंगलबार भने सुनको मूल्यमा गिरावट आयो।
आइतबार दुई सय रूपैयाँले घट्दा प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भयो। यस्तै, मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घट्यो। प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भयो।
यस्तै, सोमबार प्रतितोला सात सय रूपैयाँले बढ्दै दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भयो। बुधबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढ्दै दुई लाख ५२ हजार एक सय रूपैयाँ पुग्यो। बिहीबार
सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढ्दै दुई लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भयो। बिहीबार बढेको सुनको मूल्य शुक्रबार ३ हजार ५ सय रूपैयाँले बढ्दै दुई लाख ५६ हजार ६ सय रूपैयाँ पुग्यो।






About Us
प्रतिक्रिया