तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा किनबेच भएकाे थियाे। आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।