विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन्। सर्वोच्चले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले आज पदबहाली गरेका हुन्।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो। सर्वोच्चले उनको सरुवा बदर गर्दै प्राधिकरणमै फर्काउन परमाआदेश दिएको हाे। 

ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।