स्रोत नखुलेको नगद ५७ लाखसहित एक जना पक्राउ


काठमाडौं – काठमाडौंको महानगरपालिका–१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ५७ लाखसहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई २० नगदसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।