रुस – रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारीसाधन आयात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो । उक्त तथ्याङ्क रूसी सवारी–विश्लेषण संस्था अटोसटाटका निर्देशक सेर्गेइ त्सेलिकोभले सार्वजनिक गरेका छन् ।
सन् २०२५ का पहिलो ११ महिनामा रूसमा कुल चार लाख ४२ हजार ६ सय पुराना सवारीसाधन भित्रिएका छन् । जुन गत वर्षभन्दा २१ प्रतिशत वृद्धि हो । त्सेलिकोभकाअनुसार नोभेम्बर महिनामा आयात उच्च हुनुको मुख्य कारण डिसेम्बर १ देखि लागू भएको फोहोर व्यवस्थापन शुल्क हो । शुल्क वृद्धि लागू हुनु अघि नै व्यापारीहरूले ठूलो परिमाणमा अर्डर अघि सारेका थिए ।
आयात भएका पुराना सवारीसाधनमध्ये अर्धाभन्दा बढी सन् २०२१ र २०२२ मा निर्माण गरिएका थिए। जापान र दक्षिण कोरिया यस प्रकारका सवारी रूसमा पठाउने प्रमुख देश बनेका छन् ।



About Us
प्रतिक्रिया