अख्तियारका प्रमुख आयुक्तसहित १० जना हाइप्रोफाईल व्यक्तिलाई धम्की दिने तीन जना प्रहरीको नियन्त्रणमा 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जना हाइप्रोफाईललाई धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको हो।

सोही क्रममा तीन जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले जनाएका छन् । अहिले सुरक्षा संवेदनशीलता र अन्य विभिन्न कारणले गर्दा प्रकाउ पर्नेहरु खुलाउन नमिल्ने उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताएका छन् । 

धम्की दिँदै पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख गरिएको छ । पाठकले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू समूहका अध्यक्ष भएको दाबी गर्दै अख्तियार प्रमुख प्रेम राईसहित १० जनाको हत्या योजना बनाएको बताएका थिए। । साथै, उनले प्रहरी आफ्नो खोजीमा लागेको बताउँदै भारतका विभिन्न स्थानमा आफू बसेका ठाउँ–ठाउँमा प्रहरी पुगेको बताएका थिए । उनले आफूलाई एक्ट्रीमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै  ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ अन्यथा १० दिनभित्र हामी सक्काइदिन्छौं’ उनीहरुले भनेका छन् ।