सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्यमा ९०० रुपैयाँको गिरावट आएको छ ।

महासंघकाअनुसार आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३ हजार ५५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।