भेट्न कारागार पुगेका सुदन गुरुङलाई रविले भने,‘राज्यले ममाथि प्रतिशोध साँध्यो’


काठमाडौं – नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेनजी अभियन्ता सुदन गुरुङले भेटेका छन्। बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन्।

कारागार पुगेका जेनजी अभियन्ता गुरुङसँग सभापति लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका छन्।

साथै, लामिछानेले अहिले चलिरहेको जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए।