भारतद्वारा १०० माथिका भारुमा लागेको प्रतिबन्ध खारेज


काठमाडौं – अबदेखि नेपालमा १०० भन्दा बढीको भारु नोट चलनचल्तीमा ल्याउन मिल्ने भएको छ । भारतले १०० भन्दा बढीको भारुमा लगाएको प्रतिबन्ध हटाएसँगै नेपालमा १०० भन्दा बढीको भारु नोट चल्ने भएको हो ।

नेपाली नागरिकले भारतको यात्रा गर्ने क्रममा १०० भन्दा बढी मूल्यका नोटहरू अधिकतम २५ हजारसम्म मात्र लैजान सक्ने व्यवस्था गरेको हो ।